प्रचण्डले भने– खलनायकहरुले मलाई सिध्याउन चितवनमा महाधिवेशन गर्दैछन्, तर मेराे जित निश्चित छ (भिडिओ)

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेलाई खलनायक भन्दै आफूलाई सिध्याउन चितनवमा महाधिवेशन गर्न लागेको आरोप लगाए ।

शनिबार रौतहटमा आयोजित आमसभालाई सम्बोधन गर्दै प्रचण्डले भने– अहंकारीको चरमचुलीमा पुगेका खलनायकहरुले महाधिवेशन गर्दै छन् चितनवमा । मैले उनीहरुलाई भनेको छु– धन्यवाद, चितवनलाई खुब माया गरेका छौ, त्यसकारण चितवन आउँदैछौ। तर, तपाईंहरुले बुझ्नु भयो होला उनीहरु किन चितवन गएका हुन् ? प्रचण्ड र चितवनलाई माया गर्न होइन । सिध्याउन आएका हुन् ।

प्रचण्डले जे गरे पनि जित भने माओवादीकै हुने दावी गरे। उनले भने, ‘तर, जनताको अगाडि दुनियाँको कुनै पनि तागतको केही पनि लाग्ने छैन। हामी जित्ने छौं। आउने निर्वाचनमा माओवादी २०६४ सालको जस्तै १ नम्बर पार्टी बन्ने सम्भावना छ।’

प्रचण्डले आससभामै आफू चितवनबाट चुनाव लड्न लागेको जानकारी गराए।

Comments

One response to “प्रचण्डले भने– खलनायकहरुले मलाई सिध्याउन चितवनमा महाधिवेशन गर्दैछन्, तर मेराे जित निश्चित छ (भिडिओ)”

  1. Dyam narayan Avatar
    Dyam narayan

    Kahile 1 no party banne Kam chahi garnu pardaina camrwd ji!
    Vote jahile chahine Kam chahi sinko nbhachne? Yasto parale janta le vote delan comred ji?

Leave a Reply

Your email address will not be published. Required fields are marked *