प्रधानमन्त्रीलाई महाधिवेशनमा एमालेको निम्तो, देउवाले भने- नआउने त कुरै भएन

काठमाडौं । नेकपा (एमाले)ले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई १० औं महाधिवेशनमा निमन्त्रणा गरेको छ। शुक्रबार एमाले नेता सुवास नेम्वाङ र राजन भट्टराई प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर देउवालाई महाधिवशेनको निम्तो दिएका हुन्।

नेम्वाङले आफूहरुले पार्टी र अध्यक्षका तर्फबाट महाधिवेशनको निम्तो गरेको जानकारी दिए। ‘पार्टीको तर्फबाट, अध्यक्षको तर्फबाट एमालेको महाधिवेशन उद्घाटन चितवनमा छ, त्यसमा यहाँ आउनुपर्‍यो, त्यही निम्ता दिन आएका हौं भन्यौं हामीले,’ नेम्वाङले नेपाल प्रेससँग भने।

जवाफमा देउवाले निम्तोका लागि धन्यावाद दिँदै आफू आउने जानकारी दिएको नेम्वाङले बताए । देउवाको भनाइ उद्धृत गर्दै उनले भने– ‘उहाँले म आउँछु, नआउने त कुरै भएन नि भन्नु भयो।’

महाधिवेशनमा अन्य पार्टीका प्रतितिधिलाई पनि शुभकामनाका लागि निम्तो दिने चलन छ । त्यसै अनुसार एमालेले देउवालाई निम्तो दिएको हो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *