सुर्खेत । कर्णालीको प्रदेशको राजधानी वीरेन्द्रनगरमा देखिएको खानेपानी समस्या समाधानका लागि आगामी मे २०२२ बाट काम सुरु हुने भएको छ ।
सुर्खेत उपत्यका खानेपानी उपभोक्त समितिले विश्व बैंक लगायतका दाताहरुसँग वीरेन्द्रनगरमा देखिएको खानेपानी समस्याको दिर्घकालिन समाधानका लागि छलफल गरिरहेको जनाएको छ ।
आयोजनाका अध्यक्ष कुलमणि देवकोटाले खानेपानी समस्या समाधानका लागि तीन अर्व २३ करोड बढीको लागत लाग्ने गरि विस्तृत पयिोजना बनेको बताए ।
कम्तिमा ३० वर्षलाई खानेपानी समस्या समाधानका लागि तीन अर्ब २३ करोड करोड ६३ लाख ९९ हजार एक सय १० रुपैंया लागत लाग्ने गरि विस्तृत परियोजना बनाइएको उनले बताए ।
अहिले दुइ लाख जनसंख्यालाई खानेपानी वितरण गर्दै आइरहेको संस्थाले उपत्यकामा खानेपानीको हाहाकार रहेको बताए । उनले भने, ‘दुइ करोड ४० लाख लिटर पानी दैनिक रुपमा यहाँ आवश्यक परेको देखिन्छ । अहिलेको समयमा दैनिक रुपमा दुइ घण्टा पानी छोडने गरेका छौं । चैत देखि असारको समयमा ९६ घण्टामा एक घण्टा पानी धारामा छोडने गरेका छौं ।’ उनले उपत्यकामा बढदो शहरीकरणका कारण खानेपानी निरन्तर अपुग हुँदै गइरहेको बताए ।
‘सडक निर्माण भइरहेका छन् । दैनिक रुपमा ३५ प्रतिशत पानी चुहावट हुन थालेको छ । दैनिक रुपमा पाँच ६ ओटा स्थानमा पाईप फूटने गरेको छ,’ उनले भने, ‘यहाँको खानेपानीको समस्या समाधानका लागि प्रदेश तथा स्थानीय सरकारबाट केहि पनि सहयोग पाउन सकेका छैनौं बरु राजधानी भइसकेपछि नयाँ धारण जडान गर्ने काममा तीव्रता आएको छ ।’
यता, विश्व वैकका टिम लिडर फेरिहा मुगिसाले सुर्खेतमा खानोपानी आयोजना निश्चित रुपमा बन्ने बताए । आगामी २०२२ को मे बाट निर्माणको काम थालनी गर्ने बताउँदै उनले दीर्घकालिन रुपमा खानेपानी आयोजनालाई कसरी संञ्चालन गर्ने भन्ने बारेमा सरोकारवाला निकायसँग छलफल भइरहेको बताए ।
यसैबीच, संस्थाले लघुवित्त कोष स्थापना गरेको छ । ‘गरिब परवारको बसोबास रहेको स्थानमा सामूहिक धारा जडान गर्ने योजना बनाएका छौं । त्यसरी जडान गरेको धारामा पानी प्रयोग गरेवापत उपभोक्ताले महसुल मात्रै तिर्नुपर्नेछ’, अध्यक्ष देवकोटाले भने, ‘धारा जडान निःशुल्क हुनेछ ।यो कार्यक्रमका लागि संस्थालेचालीस लाख रुपैंया विनियोजन गरेको उनको भनाई थियो ।

Leave a Reply