नेपाल प्रेसकर्मी अर्याललाई ग्लोबल युथ लिडरसिप अवार्ड

काठमाडौं । नेपाल प्रेसका समाचार संयोजक नकुल अर्याल ‘ग्लोबल युथ लिडरसिप अवार्ड २०२१’ बाट सम्मानित भएका छन् । ग्लोबल युथ लिडरसिप समिटको उद्घाटन समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुनले पत्रकार अर्याललगायत विभिन्न देशका युवाहरूलाई सम्मान गरेका हुन् ।

नेपाली पत्रकारिताका क्षेत्रबाट युवा सरोकारको प्रवर्द्धनमा गरेको योगदानवापत पत्रकार अर्याललाई सो अन्तर्राष्ट्रिय सम्मान प्रदान गरिएको हो । अर्याल नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य हुन् ।

शुक्रबारबाट काठमाडौंमा सुरू भएको अन्तर्राष्ट्रिय सम्मेलनमा विश्वका ४३ भन्दा बढी देशका १ सय बढी युथ लिडरहरू सहभागी छन् । सम्मेलनको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले संसारभर हरेक परिवर्तनको नेतृत्व युवाले नै गरेको स्मरण गराउँदै राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा युवाहरूको निर्णायक भूमिका स्थापित हुनुपर्ने बताए ।

सम्मेलनको आयोजक संस्था ग्लोबल युथ पार्लियामेण्टका अध्यक्ष दिवाकर अर्यालले विश्वभरका युवालाई नेतृत्व गर्ने संस्था नेपालबाट स्थापित हुनु खुसीको कुरा भन्दै नेपाली युवाले अब विश्वव्यापी एजेण्डालाई समेत नेतृत्व दिनुपर्ने बताए । समारोहमा नायिक रेखा थापा, पत्रकार ऋषि धमला, एमनेष्टी इण्टरनेशनलका पूर्वअध्यक्ष राजन कुइँकेललगायतलाई सम्मान गरिएको थियो । सम्मेलन आइतबारसम्म चल्नेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *