काठमाडौं । सांसद तथा पूर्वस्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी र भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगलाबीच आज दिल्लीस्थित भारतीय विदेश मन्त्रालयमा भेटवार्ता भएको छ ।
साउथ ब्लकका प्रवक्ता अरिन्दम बागचीका अनुसार उक्त भेटमा विदेश सचिवले नेपाल र भारतबीचको सम्बन्ध बलियो तुल्याउन त्रिपाठीले खेलेको भूमिका र कोभिड-१९ महामारी रोकथाम गर्न दिएको योगदानको प्रशंसा गरेका थिए ।

पछिल्लो समय नेपाल र भारतबीच कूटनीतिक तथा राजनीतिक तहमा भ्रमण आदानप्रदान बाक्लिएको छ ।

Leave a Reply