काठमाडौं । सिभिल बैंकका निवर्तमान अध्यक्ष इच्छाराज तमाङ आर्थिक अपचलनमा मुछिएपछि बैंकको सञ्चालक समितिले नयाँ अध्यक्ष चयन गरेको छ । हिजो बसेको संचालक समितिको बैठकले प्रतापजंग पाण्डेलाई बैंकको संचालक समितिको अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको हो ।
बैंक अध्यक्ष चयन भए पश्चात प्रतापजंग पाण्डले सर्वसम्मत रुपमा बैंकको अध्यक्ष पदमा चयन गरी थप जिम्मेवारी प्रदान गरेकोमा खुसी व्यक्त गरे ।अध्यक्ष प्रतापजंग पाण्डले बैंकलाई थप प्रभावकारी रुपमा अगाडि बढाउन सबै पक्षको सहयोगको अपेक्षा गरेको बताएका छन् ।
बैंकको उच्च व्यवस्थापन तथा समग्र कर्मचारीहरुलाई उच्च मनोवलका साथ कार्य गरी बैंकलाई थप सबल र समृद्ध बनाउने तर्फ विशेष रुपमा अगाडि बढ्न आग्रह पाण्डले गरेका छन् ।

Leave a Reply