विराटनगरमा खुल्यो रेडमड कफीको १०औं आउटलेट

काठमाडौं । रेडमड कफीले विराटनगरमा आफ्नो १० औं आउट लेट विस्तार गरेको छ। विराटनगरको रेन्बो गल्ली, ट्राफिक चोकमा रेडमडले आउटलेट सञ्चालनमा ल्याएको हो ।

सन् २०१२ बाट थापाथली बाट सुरुवात भएको रेडमड कफी ले मनाङ देखी पश्चिममा धनगढी हुँदै पूर्वमा विराटनगरसम्म आफ्नो शाखा खोलेको छ।

काठमाडौंको नयाँ बानेश्वर, दरबारमार्ग, डिल्लीबजार, एकान्तकुना, गैरीधारा, झम्सिखेल, थापाथलीमा रेडमडका आउटलेट सञ्चालनमा रहेका छन्। रेडमड कफीले अब चाँडै नै अन्य ठाउँमा पनि आउटलेट खोल्ने तयारी गरेको सञ्चालक प्रवेश हुमागाईँले बताए ।

नेपालमा कफी कल्चर बढेसँगै कफी सपहरु खुल्ने क्रम बढेसँगै कफी सपहरुले आफ्नो सेवा विस्तारलाई तीव्रता दिइरहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *