काठमाडौं । प्रधानन्यायाधीशको राजीनामा माग्दै नेपाल बार एसोसिएसनको नेतृत्वमा भइरहेको आन्दोलन आज पनि जारी छ ।
सर्वोच्च परिसरमा धर्ना दिन जाने कानून व्यवसायी र प्रहरीबीच केहिबेर धकेलाधकेलसमेत भएको थियो ।
प्रधानन्यायाधीशको राजीनामा माग्दै नेपाल बारले २५ दिनदेखि आन्दोलन गरिरहेको छ । लगातारको आन्दोलनले सर्वोच्चको नियमित काम प्रभावित हुँदै आएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जवरालाई कार्यकक्षमा प्रवेश रोक्ने गरी आन्दोलन भए पनि राणा बैकल्पिक मार्ग प्रयोग गरी नियमित कार्यालय पुगिरहेका छन् ।

Leave a Reply