कांग्रेस उपसभापति निधि र भाजपा प्रवक्ता विजयबीच भेटघाट

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा) का प्रवक्ता एवं लोकसभाका पूर्वसांसद विजय सोन्कर शास्त्रीबीच भेटघाट भएको छ।

निधि निवास बानेश्वरमा मंगलबार साँझ भएको भेटमा नेपाल भारतबीचको द्धिपक्षीय सम्बन्धलगायतका बिषयमा कुराकानी भएको थियो। भेटघाटमा भाजपा प्रवक्ता सोन्करका साथ पत्नी लगायत डा.राकेश रञ्जन, स्वामी सौरभ र राष्ट्रिय दलित जागरण मुक्ति अभियानका नेता खगेन्द्र सुनार सहभागी थिए। भेटघाटका क्रममा नेपाल भारतमा दलितहरुको अवस्था र तिनको हकहितको बारेमा समेत चर्चा भएको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *