कञ्चनपुर । लाखौं मूल्य बराबरको गहनासहित कञ्चनपुरबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको बेलौरी नगरपालिका-१ का ३८ वर्षीय लालचन्द्र शाही ठकुरी र कैलालीको लम्किचुहा नगरपालिका-१ की ३८ वर्षीया विष्णु शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनिहरुको साथ बाट प्रहरीले १ सय ६३ तोला १३ आना सुन, भारु ४३ हजार ९००, हङकङ डलर ४०, थाईल्याण्ड भाट १ हजार २६० र अमेरिकी डलर १ हजार ५ बरामद बरामद गरेको जनाएको छ ।
यसैगरी, क्यानडियन डलर २ हजार ८ सय १०, मलेसियन रिङ्गिट २३, सिङ्गापुर डलर १८, कतार रियाल ज्ञ, दुबई दिराम १ सय ३०, चाईना युवान १६ बरामद गरेको छ । यस्तै, १ हजार ९ सय ९८ ग्राम पत्थर पनि बरामद गरिएको छ ।
भारतको बेङ्गोरस्थित एउटा घरमा काम गर्ने उनीहरुले चोरी गरि भागेको भन्ने सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीले जानाएको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवैजनालाई आवश्यक कानूनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा बुझाइएको छ ।

Leave a Reply