काठमाडौं । नेपाली कांग्रेसले प्रदेश महाधिवेशन गराउन केन्द्रीय नेतालाई जिम्मा दिएको छ ।
कांग्रेसको चौधौं महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेका बेला केन्द्रीय कार्य समिति बैठकले आइतवार प्रदेश महाधिवेशनका लागि नेताहरुलाई जिम्मा दिएको हो ।

जसअनुसार प्रदेश १ मा कृष्णप्रसाद सिटौला, प्रदेश २ मा रमेश रिजाल, वागमतीमा प्रकाशमान सिंह,गण्डकीमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा बालकृष्ण खाण, कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिममा दिलेन्द्रप्रसाद बडुले प्रदेश महाधिवेशन संयोजन गर्ने जिम्मा पाएका छन् ।


Leave a Reply