विप्लवको पार्टीले भन्यो– चुनावी हारलाई ‘मेकअप’ गर्न प्रचण्डले एकताको कुरा गरे (भिडिओ)

काठमाडौं । नेचविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले चुनाव हार्ने डरले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरुसँग एकताको कुरा उठाएको टिप्पणी गरेको छ । हिजोको एक कार्यक्रममा प्रचण्डले विप्लव र वैद्यहरु पनि आफ्नो पार्टीमा फर्किने आशा व्यक्त गरेका थिए।

शनिबार आयोजित पत्रकार सम्मेलनमा नेकपाका नेता धर्मेन्द्र बास्तोलाले यसप्रति धारणा राख्दै त्यसलाई सम्भावित चुनावी हार ‘मेकअप’ गर्ने प्रत्यन्त मात्रै भएको बताए। ‘उहाँले भन्दै हिँड्नु भएको छ, त्यस पछाडि उहाँका कारण होलान्,’ बास्तोलाले भने, ‘उहाँको चुनाव बिग्रनेवाला छ। आफैं चुनाव जित्नेवाला हुनुहुन्न । उहाँ र केपी ओलीजीको कारणले जनतामा घृणा पैदा भएको छ । त्यसलाई ‘मेकअप’ गर्न एकताको कुरा उठाउनु भएको छ।’

बास्तोलाले आफूहरु वैज्ञानिक समाजवादका लागि जनमत संग्रह गर्ने शर्तमा मात्रै एकताको पक्षमा रहेको बताए। त्यस्तो एकता कम्युनिस्टमा मात्रै नभएर कांग्रेसमा रहेका समाजवादीहरुसँग पनि हुने उनको भनाइ छ।

‘समाजवाद चाहनेहरुबीच बृहत् एकताको लागि हामी तयार छौं,’ बस्तोलाले भने, ‘वैज्ञानिक समाजवादका लागि जनतमत संग्रह गर्न तयार हुनेसँग एकता हुन्छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *