गन्तव्य चतरा: प्रचण्डले भैँसी पुजेको क्षेत्रमा माधव नेपालको यज्ञ उद्घाटन

इटहरी । २०६६ माघ २९ गते तत्कालिन प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ सुनसरीको चतरा आए । पहिलोपटक प्रधानमन्त्री भएका उनले चतरा आएको कुरा हेडलाइन बन्यो । प्रचण्डले चतरा आएर भैँसी पूजा गरे ।

श्री रामानन्दाचार्य सेवापिठ चतराधाममा आएका प्रचण्डले ज्योतिषी मधुसुधन रिजालको सल्लाह अनुसार भैँसी पूजा गरे । आफूलाई धर्म नमान्ने बताउँने प्रचण्डको भैँसी पूजा देशभर हेडलाइनको विषय बन्यो ।

नर्वेको द कार्टिक युनिभर्सिटी अफ नर्वेमा ‘शान्ति तथा द्वन्द’ रुपान्तरण विषयमा सन २०१६ मा स्नातकोत्तर गरेका केशव दाहालको थेसिसमा समेत भैँसी प्रकरण अटेको थियो ।

प्रचन्डको भैँसी पुजा भएको लगभग बाह्र वर्ष पुग्नै लाग्दा शुक्रबार अहिलेको सत्ता गठबन्धनका प्रचण्डका सहयात्री नेकपा एसका अध्यक्ष माधव नेपालले पनि चतरामै आए । यज्ञ उद्घाटन गरे । आफ्नै पार्टीका प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईसँग आएका नेपालले यज्ञ उद्घाटन गरे ।

इटहरीका मेयर द्वारिकलाल चौधरीको घरमा भएको भेटघाटदेखि विराटनगर विमानस्थलको पत्रकार सम्मेलनको चर्चामा यज्ञ उद्घाटन गरेको भने चर्चा भएन ।

प्रथम जगतगुरु पीठ प्राचीत हरिद्धार चतरा धाममा भएको धन धान्यान्चल श्रीमद् भागवत ज्ञान महायज्ञको उद्घाटन गरेका थिए नेपालले । उद्घाटन कार्यक्रमको व्यानरै बनाएर नेकपा एसका भात्रि संगठनहरुको व्यापक प्रचार गरेका थिए ।

Comments

One response to “गन्तव्य चतरा: प्रचण्डले भैँसी पुजेको क्षेत्रमा माधव नेपालको यज्ञ उद्घाटन”

  1. उद्धब बहादुर बुढाथोकी Avatar
    उद्धब बहादुर बुढाथोकी

    चुनाव आउनु होलिवाईका शिष्यले यज्ञ उद्घाटन गर्नु सोझा जनतालाई भोटको चारो भन्दा अरु केनै हुन्छ र। यस्ता चालबाजलाई बुझौ सचेत बनौ जय राष्ट्र जय स्वाभिमान जय जरो किलो

Leave a Reply

Your email address will not be published. Required fields are marked *