जनकपुरधाम । पूर्व युवराज्ञी हिमानी शाह वीरगञ्जको घडिअर्वा छठ घाट पुगेकी छन् । प्रसिद्ध घडिअर्वा छठघाट पुगेर उनले सूर्य देवताको आराधना गरिन् ।

काठमाडौंबाट जहाजमा सिमरा उत्रिएर उनी वीरगन्ज पुगेकी हुन् । हिमानी जनकपुरधामदेखि वीरगञ्जमा आउँदा हेलिकप्टरबाट पुष्पवृष्टी गराइएको थियो । उनलाई हिन्दुवादीहरुले स्वागत गरेका थिए ।
हिमानी आज वीरगञ्जमै बस्ने र भोली बिहान प्रसिद्ध माइस्थान मन्दिर दर्शन गर्ने कार्यक्रम रहेको छ ।


Leave a Reply