डोल्पो बुद्ध गाउँपालिका अध्यक्ष गुरुङ एमाले छाडेर माओवादीमा प्रवेश

डोल्पा । डोल्पाको डोल्पो बुद्ध गाउँपालिका अध्यक्ष तेम्बा गुरुङ एमाले छाडेर माओवादी केन्द्र प्रवेश गरेका छन् । बुधबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अर्थ मन्त्री जनार्दन शर्मा लगायतले गुरुङलाई डोल्पामै स्वगत गरेका हुन्।

गुरुङ २०७४ को स्थानीय तहको चुनावमा गुरुङ स्वतन्त्ररुपमा पालिका अध्यक्ष निर्वाचित भएका थिए । त्यसपछि उनी एमाले प्रवेश गरेका थिए। आफूहरुका लागि जसले विकास गरिदिन्छ त्यसलाई राजा मान्ने बताउँदै गुरुङले प्रचण्डहरु आफ्नो पालिकाको विकासका योजनाहरु लिएर आएकाले माओेवादी प्रवेश गरेको बताए।

‘हाम्रा लागि जसले विकास गरिदिन्छ, त्यही राजा हो,’ उनले नेपाल प्रेससँग भने, ‘उहाँहरु विकासको योजना लिएर आउनु भएको छ। यसबाट स्थानीय खुसी भएकाले म पनि माआवादीमा प्रवेश गरेँ।’

प्रचण्डको निजि सचिवालयले डोल्पो बुद्ध गाउँ पालिकाकाको सबै वडा अध्यक्ष पनि माओवादीमा प्रवेश गरेको दावी गरेको छ। तर, गुरुङले भने सबै नभएर केही वडाध्यक्ष मात्रै प्रवेश गरेको बताए। डोल्पो बुद्ध गाउँपालिकामा जम्मा ६ वडा रहेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *