रूपन्देही । बुटवलको नयाँ गाउँमा भिषण आगलागी भएको छ। केहीबेर अघि लागेको आगो स्थानीयले निभाउन नसकेपछि बुटवल उपमहानगरपालिकाको दमकल बोलाइएको छ । दमकल अझै पुगीनसकेको स्थानीयले बताएका छन्।
बुटवल उपमहानगरपालिका वडा नं १२ नयाँ गाउँस्थित नयाँ गाउँ माध्यमिक बिद्यालय अगाडिको चोकमा कालोपत्रे गरिरहेकै बेला सोही ठाउँमा रहेको ट्याक्टरमा आगो लागेको स्थानीयले बताएका छन्।
स्थानीयका अनुसार ट्याक्टरमा लागेको आगो अनियन्त्रित भई स्थानीय गोपाल पाण्डेको घरमा समेत लागेको र निभाउने प्रयत्न भइरहेको छ।
पाण्डेको घरमा रहेको ग्यास सिलिण्डरमा समेत आगो लागेका कारण बिष्फोट समेत भएको स्थानीयले बताएका छन्।

Leave a Reply