देउवाले बोलाए कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक कात्तिक २८ गते बस्ने भएको छ ।

सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशनको तयारीबारे छलफल गर्न कात्तिक २८ गते आइतबार दिउँसो १ बजेका लागि बैठक बोलाएका हुन् ।

बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *