देउसीमा किसानको दोहोरी-काम गर्दैछ त्यो कालो कोटैले, मन्त्री भइयो हजुरको भोटैले (भिडिओ)

तनहु । श्रम तथा रोजगार मन्त्री किसान श्रेष्ठको विशेषता नै हो कि,उनी चाडपर्वमा घरपरिवारसँग भन्दा बढी मतदातासँग भेटिने गर्छन् । यो तिहारमा श्रेष्ठ मतदातासँगै देखिए तर फरक भूमिका र दृष्यमा ।

कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गरेर सांसद भएपछि चर्चामा आएका श्रेष्ठ भाषणमात्र होइन लोकदोहोरीमा पनि अब्बल सुनिए । निर्वाचन क्षेत्र अन्तर्गत व्यास नगरपालिका वडा नम्बर ४ का युवाहरुसँग देउसी भैलो खेल्दा खेल्दै किसानले दोहोरी शुरु गरे ।

काम गर्दैछ त्यो कालो कोटैले
मन्त्री भइयो,हजुरको भोटैले
जवाफमा युवाहरुले अर्को तुक्का हाले
दुःखीहरुको खुसी भर्नलाई
भोट देछु विकास गर्नलाई

रसिक स्वभावका मन्त्री श्रेष्ठ मतदातासँग नाच्दै करीव १५ मिनेट दोहोरीमा रमाएका थिए । श्रेष्ठले युवा क्लवका देउसेलाई मनग्गे दक्षिणा दिएर आशिर्वाद लिँदै ।

अर्को तुक्का हाले । मैले अब खोल्दैछु रहस्य भनेर तुक्का शुरु गर्दा धेरैले उनले एमाले छाडेर नेकपा एसमा लाग्नुको रहस्य खोल्ने भए भनेर बुझे । तर मन्त्रीको रहस्य अर्कै रहेछ ।

मैलै अब खोल्दैछु रहस्य
मूल फुटाउँछु विकासको अवश्य..

मन्त्री श्रेष्ठले आफ्नो तलब हरेक महिना कहिले विद्यालय त कहिले युवा क्लबलाई दिने गरेका छन् । मन्त्री श्रेष्ठको दोहोेरी हेर्न तलको लिंक क्लिक गर्नुस् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *