विदेशमा रहेका नेपालीलाई जनगणनामा समावेश गरिने

काठमाडौँ । सरकारले विदेशमा रहेका नेपालीलाई पनि राष्ट्रिय जनगणनामा समेट्ने भएको छ । जसले गर्दा अब विदेशमा रहेका नेपालीको पनि यकिन विवरण पुष्टि हुनेछ । केन्द्रीय तथ्यांक विभागले आउँदो कात्तिक २५ देखि मंसिरको ५ सम्म हुने १२ औं राष्ट्रिय जनगणनामा विदेशमा रहेका नेपालीको विवरण संकलन गर्न लागेको हो ।

विदेशमा रहेका नेपालीलाई ‘अनुपस्थित सदस्य’ को रूपमा विस्तृत विवरण संकलन गरिने भएको छ । अहिले सरकारसँग वैदेशिक रोजगार विभागसँग श्रमस्वीकृति लिएर गएका नेपालीको मात्रै संख्या भएपनि अन्य नेपालीको संख्या यकिन छैन ।

स्वदेश र विदेशमा रहेका परिवारका अनुपस्थित सदस्यको विस्तृत विवरण संकलन गरिने र उनीहरुलाई कुन-कुनमा देशमा छन् भनेर सोधिने जनाइएको छ ।

२०६८ को जनगणनामा विदेशमा १९ लाख २१ हजार जना रहेको तथ्यांक छ । विभागले जनगणनामा सहभागी हरेक मानिसको गोपनीयताको हकलाई कानुनी रूपमा सुरक्षित गरेको भएकाले ढुक्क भएर विवरण दिन आग्रह गरेको छ ।

विदेशमा रहेका नेपालीलाई जनगणनामा समावेश गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा राष्ट्रिय जनगणना निर्देशक समिति गठन भएको छ । आयोगका उपाध्यक्षको अध्यक्षतामा विभिन्न मन्त्रालयका सचिव, तथ्यांक विभागका महानिर्देशक र विश्वविद्यालयका जनसंख्या विभाग सदस्य छन् ।

Comments

One response to “विदेशमा रहेका नेपालीलाई जनगणनामा समावेश गरिने”

  1. Laleek Avatar
    Laleek

    बिदेशै गएर जनगणना गर्नु पर्दैन, बरू नेपाल नक्सा भित्रमा रहेका जनताको आँकडा लिनु, कुरा सुनियो कि चुच्चे नक्साका जनताको आँकड किन नलिने, २०१८ सालमा जनगणनामा परेकाको किन हाल नलिने खवर आयो, किन छिमेकिसँग सहमति लिनु पर्ने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *