स्वदेशी उत्पादनलाई ब्राण्ड बनाउँदै ‘कन्ट्री एप्पल’

रूपन्देही । कपिलवस्तुको शिवराज नगरपालिका ६ गड्गौडामा गत महिनादेखि संचालनमा आएको गुमानसिंह कोल्ड स्टोरेज प्रालिले स्वदेशी स्याउलाई ब्रान्ड्रिङ गरी ल्याएको ‘कन्ट्री एप्पल’ले बजार तान्न थालेको छ।

‘मिठो स्वाद, स्वदेशी सुवास’ भन्ने नाराका साथ एक्सपोर्ट क्वालिटीको स्वदेशी स्याउ बजारमा ल्याईएको कम्पनीका प्रबन्ध निर्देशक अच्युत टण्डनले बताए ।

मुस्ताङबाट ल्याइएको स्याउलाई ब्राण्डिङ गरेर काम भइरहेको कम्पनीले जनाएको छ।

६ करोड लगानीमा शुरु भएको कोल्ड स्टोरले स्याउ ब्राण्डिङका लागि थप ५० लाख लगानी गरेको कम्पनीले जनाएको छ।

उनले भने, ‘स्वदेशी उत्पादनलाई गुणस्तरयुक्त ब्राण्डका रुपमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा स्थापित गराउने कम्पनीको महत्वकांक्षी लक्ष्य रहेको छ । हामी यसमा सफल भइरहेका छौं । स्थानीयबाट राम्रो रेस्पोन्स पाएका छौं।’

स्वदेशी उत्पादनले बजार पाउन नसकेको अवस्थामा देशका कृषकहरु मारमा परिरहेकाले आगामी दिनमा कृषकसँग हातेमालो गरी आफ्नै माटोको उत्पादनलाई प्राथमिकता दिई बजार व्यवस्थापन गरिने कम्पनीका मुख्य बजार व्यवस्थापक किरण खड्काले बताए।

हिन्दु धर्मावलम्बीहरुको पर्वलाई लक्षित गरी ल्याइएको र बजारमा अत्याधिक रुचाइएको कम्पनीले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *