ग्लास्गो । प्रधानमन्त्री शेरबहादुर देउवाले स्कटल्याडको इडिनवर्गस्थित रोयल बोटानिक गार्डेनको भ्रमण गरी त्यहाँ वृक्षारोपण गरेका छन् । त्यहाँको नेपाली बर्गैचामा देउवाले विरुवा रोपेका हुन् । सो अवसरमा देउवाले आयोजित कार्यक्रमलाई सम्बोधन पनि गरे ।
राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप-२६)मा भाग लिन गएका देउवाले नेपाल प्रस्थान गर्नुअघि उक्त बोटानिक गार्डेनमा आयोजित कार्यक्रममा भाग लिएका थिए । देउवा लगायतको टोली नेपाल फर्कने कार्यक्रम छ ।


Leave a Reply