नविल बैंकले घोषणा गर्यो ३८ प्रतिशत लाभांश

काठमाडौं ।बाणिज्य बैंकहरु मध्ये नबिल बैंकले सबैभन्दा धेरै लाभांश घोषणा गरेको छ । यस बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ३८ प्रतिशत लाभांश दिने जनाएको छ ।

बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठ्कले गत आर्थिक वर्षको मुनाफाबाट ३३.६ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ४.४ प्रशित नगद लाभांश दिने प्रस्ताव गरेको हो । सञ्चालक समितिको लाभांश सम्वन्धी प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति पश्चात बैंकको साधारणसभाले पारित गर्नेछ ।

आर्थिक वर्ष २०७७/७८ मा यस बैंकले ४ अर्ब १४ करोड रुपैयाँ नाफा कमाएकाे थियो ।

Comments

One response to “नविल बैंकले घोषणा गर्यो ३८ प्रतिशत लाभांश”

  1. laxman keshari gautam Avatar

    Profit is received by cheating to the publics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *