नेपाल फर्किनुको कारणबारे अब्दुल्लाह- आयुष, अञ्जन, किरण… लाई नाइँ भन्न सकिनँ

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अञ्जन विष्ट, आयुष घलान, किरण चेम्जोङ, मनिष डाँगीलगायतका खेलाडी र समर्थकलाई नाइँ भन्न नसकेर नेपाल फर्किएको बताएका छन् ।

साफ च्याम्पिनसिपका दौरान नेपाल नफर्किने घोषणा गरेका अब्दुल्लाहले आज दशरथ रंगशालामा आयोजित पत्रकार सम्मेलनमा भने, ‘मैले अञ्जन, आयुष, मनिषसँगै मेरो टीमका सदस्यहरू किरण (श्रेष्ठ), विकाश (मल्ल) सँगै नेपाली समर्थकले मलाई दिएको मायाले गर्दा नाइँ भन्न नसकेर नेपाल फर्किएँ ।’

‘के कुराले नेपाल फर्किन प्रेरित गर्‍यो ?’ भन्ने प्रश्नको उत्तर दिँदै अब्दुल्लाहले भने, ‘सबै खेलाडीले मसँग कुरा गरेका छन्, स्टाफले पनि कुरा गरे, मैले उनीहरूलाई नाइँ भन्न सकिनँ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *