जब कुहिनो मिलाएर जोन्सन र गुटरेसले गरे देउवालाई ग्लास्गोमा स्वागत (तस्बिरहरु)

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई जलवायु विश्व सम्मेलन (कोप-२६) सम्मेलन स्थल ग्लास्गोमा बेलायती समकक्षी बोरिस जोन्सन र राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसले स्वागत गरेका छन् । कोभिड-१९ प्रोटोकलको कारण देउवाले जोन्सन र गुटरेससँग कुहिनो मिलाए ।

देउवाले आजै राती (नेपाल समयानुसार) कोप-२६ सम्मेलनअन्तर्गत विश्व नेताहरुको भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ । देउवाले सम्बोधनमार्फत जलवायु परिवर्तनको चुनौतिसँग लड्न नेपाली प्रतिबद्धता र योजनाबारेका एजेन्डा प्रस्तुत गर्ने भएका छन् ।

सम्मेलनको अध्यक्षता गरेको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको सम्बोधनबाट सुरु भएको विश्व नेताहरुको सम्मेलनलाई अमेरिकी राष्ट्रपति जो बाइडेन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, राष्ट्रसंघीय महासचिव गुटरेस लगायतले सम्बोधन गरिसकेका छन् । सबै नेताहरुले विश्व तापमानलाई १.५ डिग्री सेल्सियसमा कायम राख्नुपर्नेमा जोड दिँदै जलवायु परिवर्तनको चुनौतिसँग लड्नुपर्नेमा जोड दिएका छन् ।

नेपाली प्रधानमन्त्रीले भोलि बिहान (बेलायती समयानुसार) भारतीय प्रधानमन्त्री मोदीसँग द्धिपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *