काठमाडौं । नेपाल बार एशोसियसनमा घूसपैठ र झडप हुनसक्ने भन्दै सुरक्षा व्यवस्था कडा पारिएको छ । केही दिनअघि बार परिसरमै दुई वकिलबीच कुटाकुट भएपछि आज सुरक्षा व्यवस्था कडा पारिएको हो ।
सुरक्षाकर्मीले बार एशोसियसन प्रवेश गर्ने वकिलहरुको परिचयपत्र जाँचसँगै शरीर खानतलासी गरिरहेका छन् ।

अहिले एशोसियसनको आव्हानमा प्रधानन्यायाधीशविरुद्ध कालोपट्टी बाँधेर वकिलहरू आन्दोलनमा छन् । उनीहरुले प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराको राजीनामा मागिरहेका छन् । तर, इजलास बहिष्कार गरेका न्यायाधीशहरूको विरोधमा पनि वकिलहरूको एउटा समूह संघर्षमै छ ।












Leave a Reply