सर्लाही पुगेर प्रचन्डको प्रस्तावः माओवादी–जसपा एकता गरौँ, घोषणासभा जनकपुरमा गरौँ (भिडिओ)

काठमाण्डौः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचन्ड’ले प्रदेश २ पुगेर माओवादी जसपा एकता गर्न आह्वान गरेका छन ।

सर्लाहीको सदमुकाम मलंगवामा आयोजित शिक्षक संगठनको कार्यक्रममा बोल्दै प्रचन्डले पार्टी एकता गर्न प्रस्ताव गरेका हुन । उनले भने, ‘घोषणा सभा जनकपुरमै गरौँ ।’

जसपा निकट रामेश्वर प्रसाद यादवको नेपाल लोकतान्त्रिक शिक्षक फेडरेसन माओवादीसँग बिलय भएको कार्यक्रममा बोल्दै प्रचन्डले भने, ‘घिँउ कहाँ पोखियो थालमा ।’ उनले थपे, ‘ढिलो नगरि पार्टी एकता गरौँ । क्षेत्रिय पार्टीबाट मधेशि जनताको नि विकास हुँदैन, पाहाडी जनताको पनि विकास हुँदैन । गठबन्धन त गरेका छौँ । एकै पार्टी बनाउ । तपाइलाइ चाहिले सम्मान र अधिकार दिन कन्जुस्याइ गर्नेछैनौँ ।’

माओवादी र जसपा मिल्दा मधेशमा एक्लो बहुमत आउने भन्दै प्रचन्डले यस्तो प्रस्ताव गरेका हुन । यस्तै फरक प्रशंगमा प्रचन्डले प्रधानमन्त्री शेरबहादुर देउवा बिदेशबाट आएपछि पहिलो काम नागरिकताको गर्ने बताए । उनले भने, ‘सबै प्राविधिक कुरा भन्दिन । हेर्नुहोला प्रधानमन्त्रि फर्किएपछिको पहिलो काम नागरिकताको ऐन परित गरिनेछ ।’

Comments

One response to “सर्लाही पुगेर प्रचन्डको प्रस्तावः माओवादी–जसपा एकता गरौँ, घोषणासभा जनकपुरमा गरौँ (भिडिओ)”

  1. Nepali Janta Avatar

    जसरी भएपनि प्रचण्डले आजिवन अध्यक्ष भएर माेज गर्ने सपना देखिरहेका छन् । यसकाे लागि फेरि मधेसी जनताहरुलाई नागरिकताकाे सपना देखाएर सत्तामा माेज गर्ने षड्यन्त्र गर्दैछ । अनावश्यक नागरिकता विधेयक पास भएमा यहाँका मधेसीले मात्रै हाेईन् यहाँ भएका तिब्बती, राेहिङ्गा, अफ्गानी शरणार्थीहरुलाई समेत दुरुपयोग गर्छन् । त्यसकारण अब मधेसका रैथाने मधेसीले याे विधेयककाे बारेमा विरोध गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *