हाजार्डको प्रिमियर लिगमा फर्किने सम्भावना

काठमाडौं । बेल्जियन कप्तान तथा रियाल मड्रिडका फरवार्ड इडेन हाजार्ड इङ्लिस प्रिमियर लिगमै फर्किने सम्भावना बढेको छ । हाजार्ड पूर्व क्लब चेल्सी फर्किने वा न्युक्यासलसँग अनुबन्धित भएर इङ्ल्यान्ड फर्किने सम्भावना बढेको चर्चा चल्न थालेको छ ।

रियाल मड्रिडमा विङगरको सम्भावित उपलब्धताबारे सचेत गराइएसँगै हाजार्ड पूर्व क्लब फर्किने सम्भावना बढेको हो । रियालका मुख्य प्रशिक्षक कार्लो एनसेलोट्टिले एल क्लासिकोमा उनलाई बेन्चमा राखेका थिए । हाजार्डले सुरुआती-११ मा रहेर यस सिजन लालिगामा जम्मा तीन खेल मात्रै खेलेका छन् ।

उनलाई सुरुआती ११ मा नराखेपछि एनसेलोट्टिले भने, ‘हाजार्डको अहिलेको समस्या भनेको उनको प्रशिक्षकले अर्को खेलाडीलाई प्राथामिकता दिन्छ ।’

बेल्जियन कप्तान खेलाडी हाजार्ड २०१९ मा १३० मिलियन पाउन्डमा वेस्ट लन्डनबाट बेर्नाबेउ गएका थिए । रियालमा सरुवा भएसँगै लगातारको इन्जुरीको शिकार बनेका हाजार्डले अपेक्षित प्रदर्शन गर्न सकेनन् ।

यद्यपि, हाजार्डले भने आफू तत्काल क्लब छाड्ने मनस्थितिमा नरहेको र आफ्नो सत प्रतिशत रियालका लागि दिन तयार रहेको बताएका छन् ।

यसै महिना क्लबको ८० प्रतिशतभन्दा धेरै स्वामित्व अरेबियनले खरिद गरेपछि धनी बनेको न्युक्यासलले आगामी सरुवा बजारमा ठूला खेलाडी ताकिरहेको छ । बार्सिलोनाका फिलिप काउटिन्हो तथा म्यानचेस्टर युनाइटेडका एन्थोनी मार्सियलसमेत न्युक्यासलको योजनामा छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *