शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढ्याे

काठमाडौं । शुक्रबार राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मुल्य बढेको छ । नेपाल आयल निगमका अनुसार शुक्रबार रातीदेखि पेट्रोल र डिजेल तथा मट्टितेलको मुल्य ३ रुपैयाँले बढेको छ भने आन्तरिक तथा बाह्य हवाई ईन्धनको मुल्य १० रुपैयाँले बढेको छ ।

‘निगम संचालक समितिको शुक्रबार बसेको बैठकले शुक्रबार रातिदेखिी १२ बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेल र मट्टितेलको साविकको विक्रि मूल्यमा तीन रुपैयाँले वृद्धि गरी काठमाडौ (निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसर भित्र)को लागि नयाँ खुद्रा विक्रि मूल्य क्रमश १३३ र ११६ तथा आन्तरिक तथा बाह्य हवाई ईन्धनमा साबिकको विक्रि मूल्यमा प्रति लिटर १० रुपैयाँले वृद्धि गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर ९६ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलो लिटर अमेरिकी डलर ८ सय ५३ प्रति किलो लिटर र एलपीग्यासमा काठमाडौको साविक बिकी मूल्यमा प्रति सिलिण्डर ५० रुपैयाँले वृद्धि गरी नयाँ खुद्रा  बिक्री मूल्य १५ सय प्रति सिलिण्डर कायम गर्ने निर्णय गरिएको छ।’ निगमले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिले सर्वसाधारणमा पर्न गएको असुविधा प्रति निगमले माफी माग्दै आगामी दिनमा आवश्यक सहयोगको अपेक्षा पनि गरिएको आयोगका सह-प्रवक्ता पुस्कर कार्कीले विज्ञप्तिमार्फत आग्रह गरेका छन् ।

Comments

One response to “शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढ्याे”

  1. Laxman Avatar
    Laxman

    यो गलत हो। पेट्रोलियम पदार्थको मूल्य मा रहेको भ्रष्टचार को छानबिन हुनुपर्ने हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *