अवरुद्ध सवारी चालक लाइसेन्सको अनलाइन आवेदन पुनः सुचारु

काठमाडौं । सवारीसाधन चालक अनुमतिपत्रको अनलाइन आवेदन दुई दिन सेवा अवरुद्ध भएपछि आजदेखि पुनः सञ्चालनमा आएको छ। कोरोना महामारीका कारण सरकारले लगाएको निषेधाज्ञाले प्रभावित बनेको यो सेवा यसै साताको सोमवारबाट खुलेको थियो ।

सेवा सञ्चालनमा आएकै दिन १५ लाख जनाले विभागको वेबसाइट खोलेको र धेरै जनाले एकैपटक अनलाइन आवेदन भर्न खोज्दा प्रणालीमा समस्या आएको यातायात व्यवस्था विभागले जनाएको छ।

विभागका सूचना अधिकारी लोकनाथ भुसालका अनुसार आज बेलुकादेखि सेवा पुनः सुरु भएको हो । उनले भने, ‘अनलाइन आवेदन पाँच–छ महिनापछि सुरु भयो अनि धेरै सेवाग्राहीले एकैपटक एक्सेस गर्दा दुई दिनसम्मका लागि समस्या भयो।

आवेदन खुलेको २४ घण्टाभित्रै एक लाखभन्दा बढीले अनलाइन आवेदन भरेको देखिएको विभागले जनाएको छ। लामो समयसम्म वितरण रोकिएकाले अहिले देशभरिबाट करिब १० लाख जनाले सवारीसाधन चालक अनुमतिपत्र लिन खोजेको विभागले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *