प्रधानसेनापति शर्मा र स्वीस राजदूतबीच भेटवार्ता

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र स्विट्जरल्यान्डकी राजदूत एलिजाबेथ भन केप्लरबीच आज जंगी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ ।

प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको भेटमा दुईपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जंगी अड्डाले जनाएको छ ।

भेटवार्ताले दुई मुलुकको आपसी सम्बन्धलाई प्रगाढ बनाउन मद्दत पुग्न विश्वास लिइएको नेपाली सेनाले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *