प्रधानन्यायाधीशको पक्षमा प्रदर्शन

काठमाडौं । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश र न्यायाधीशबीचको विवादलाई लिएर माइतीघरमा प्रदर्शन गरिएको छ । न्यायालयको गरिमा धरापमा पर्ने गरी न्यायपालिकालाई विवादमा तानिएको भन्दै केही युवाहरूले सडकमा भेला भएर दबाब दिएका हुन् ।

इजलास बहिष्कार गरेका न्यायाधीशहरूलाई नियमित काममा फर्काउनुपर्ने उनीहरूको माग छ । उनीहरूले ‘हड्तालकारी न्यायाधीशलाई जनताले घिसारेर सडकमा लानैपर्छ’ भनेर मुख्य ब्यानर राखेका छन् । न्यायपालिकामाथिको हस्तक्षेप बन्द गर्न र गुटबन्दीको अन्त्य गर्न पनि प्रदर्शनकारीले माग गरेका छन् ।

Comments

One response to “प्रधानन्यायाधीशको पक्षमा प्रदर्शन”

  1. हुमलाल सुबेदी Avatar
    हुमलाल सुबेदी

    न्यायपालिकाको साखलाई जोगाउनु पर्छ ।न्यायाधीशले हडताल गरेको सुहाउँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *