काठमाडौं । तिहार नजिकिँदै गर्दा भक्तपुरमा माटोका भाँडा बनाउनेहरू यतिखेर चापाचापमा छन् । तिहारको समयमा माटाको पालाको माग अत्यधिक बढ्ने गरेको छ ।

तिहारमा घरआँगन झिलिमिली बनाउन माटोको पालामा बत्ती बाल्ने गरिए पनि पछिल्ला समय मैन भरिएको पालाको माग उत्तिकै छ । भक्तपुरका प्रजापति समुदायका व्यवसायीहरू काँचो माटोलाई आकार दिइरहेका भेटिन्छन् । महिलालगायत परिवारका सदस्य ती पाला लगायतका भाँडा सुकाउने, भट्टीमा पोल्ने, रंग लगाउने काममा पालो दिन्छन् ।
तिहारका लागि धुपौरे, भिउँटेलगायतका भाँडाका सामग्रीको माग पनि धेरै छ ।




तस्बिरहरू : सरोज बैजु ।

Leave a Reply