काठमाडौं । राजीनामा दिने तयारीमा रहेकी वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशसभालाई सम्बोधन गर्दै आफ्नो संघर्षको विगत सम्झिएकी छिन् ।
बुधबार प्रदेशसभालाई सम्बोधन गर्दै शाक्यले आफूले विगतमा सबै कुरा त्यागेर संघर्षमा लोगेको बताइन् । यद्यपि, आफ्नो बलिदान खेर नगएको उनको भनाइ छ।
उनले गणतन्त्र र संघीयता संकटमा पर्न लागेको पनि बताइन् । संघीयता बलियो बनाउनुपर्नेमा जोड दिइन् । राजनीति संस्कारयुक्त बनाउनुपर्ने उनको भनाइ छ।

Leave a Reply