काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार सुनको मुल्य प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी तेजाबी सुन प्रतितोला ९१ हजार ५०० मा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य पनि प्रतितोला २५० रुपैयाँले घटेर १२५० रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply