करिब ७९ अंकले बढ्याे नेप्से, नविल बैंकमा बढ्दो आकर्षण

काठमाडौं । सेयर बजार परिसुचक नेप्से यो साताको ३ दिन लगातार बढेको छ । आइतबार नेप्से २७.५१ अंकले बढेको थियो भने सोमबार ८७.६७ अंकले बढेको थियो । मंगलबार पनि सेयर बजार परिसुचक नेप्सेमा ७८.८२ अंकले बढेर २७५१.०७ अंकको बिन्दुमा पुगेको छ । नेप्सेको अंकसँगै कारोबार रकम र सेयर संख्यामा समेत वृद्धि देखिएको छ ।

आज नेप्सेमा २२७ कम्पनीको १ करोड १४ लाख ८६ हजार १२३ कित्ता सेयर किनबेचबाट ६ अर्ब ३१ करोड रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार २ अर्ब ७७ करोड रुपैयाँको सेयर कारोबार भएकोमा सोमबार बढेर ४ अर्ब ३० करोडको कारोबार भएको थियो ।

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसुचक ११.५० अंकले बढेर ५१६ अंकको बिन्दुमा पुगेको छ । समूहगत परिसुचकमा आज पनि इन्स्योरेन्स कम्पनीको सुचाङ्क सबैभन्दा धेरै बढेको छ । मंगलबार जीवन बीमा समूहको सुचाङ्क करिब ५०० अंकले बढेको छ भने नीर्जीवन बीमा समूहको सुचाङ्क करिब ३१८ अंकले बढेको छ ।

यसैगरी होटल तथा पर्यटन समूहको २३२ अंक, बिकास बैंक समूहको सुचाङ्क १८६ अंक, उत्पादनमुलक समूहको सुचाङ्क १७५ अंक, वित्तिय कम्पनीको सुचाङ्क करिब १३७ अंक, जलविद्युत समूहको सुचाङ्क करिब १२३ अंक, व्यापार समूहको ८३ अंक, लघुवित्त समूहको ६८ अंक र बैंकिङ समूहको ४५ अंकले बढेको छ ।

करिब १५ कम्पनीको सेयर कारोबारमा सकारात्मक सर्किट ब्रक लागेको छ । ४४ करोड ७४ लाख रुपैयाँ बराबरको कारोबार गरेको कामना विकास बैंक कारोबार रकममा आग्रस्थानमा रहेको छ ।

लाभांश घोषणाको नजिक रहेको नविल बैंकको कारोबार रकमका आधारमा दोस्रो स्थानमा रहेको छ । यस बैंकको आज ३४ करोड ७८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आज नविल बैंकको सेयर ४।८१ प्रतिशत अर्थात ७२ रुपैयाँले बढेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *