नेकपा एसका सल्लाहकार ढकाल एमालेमै फर्किए, विष्णु पौडेलले गरे स्वागत

रुपन्देही । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले नेकपा एकीकृत समाजवादी पार्टीका सल्लाहकार नन्दीकेशर ढकाललाई नेकपा एमालेमै फर्काएका छन् ।

रुपन्देहीको बुटवलमा आयोजित नगर अधिवेशन कार्यक्रममा ढकाल मूल पार्टीमै फर्केका हुन् ।

एमाले उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णु पौडेलसँगको छलफलपछि ढकाल एमालेमा फर्केका हुन् ।

ढकाललाई नेकपा एसले सल्लाहकार बनाएको थियो । एमालेका फर्केका ढकाल अहिले बुटवलको एमाले अधिवेशन कार्यक्रममा सहभागी भएका छन् ।

उनी रुपन्देहीका पुराना एमाले नेता हुन् ।

Comments

One response to “नेकपा एसका सल्लाहकार ढकाल एमालेमै फर्किए, विष्णु पौडेलले गरे स्वागत”

  1. Bhesh raj. Avatar
    Bhesh raj.

    Good.

Leave a Reply

Your email address will not be published. Required fields are marked *