जनकपुरधाम । कार्यालय सहयोगीको निधन भएपछि सिरहाको औरही गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।
सोमवार हृदयघातका कारण प्राथमिक स्वास्थ्य केन्द्र औरहीमा कार्यरत प्रमेश्वर साहको निधन भएपछि गाउँपालिकाले सार्वजनिक बिदा दिएकाे हाे ।
गाउँपालिका प्रमुख सिद्धार्थ यादवले विज्ञप्ति जारी गरेर पालिकाको सम्पूर्ण सरकारी तथा शैक्षिक संस्था बन्द रहने जनाएका छन् । उनले निधन भएका कर्मचारी यादवप्रति प्रमुख यादवले श्रद्धाञ्जली अर्पण समेत गरेका छन् ।

Leave a Reply