नेकपा एसमा लागेका पाँच नेता एमालेमै फर्किए

रूपन्देही । प्युठानमा नेकपा (एकीकृत समाजवादी) छाडेर एमालेमा फर्कने नेताहरूको संख्या बढ्न थालेको छ । यसअघि नेकपा (एकीकृत समाजवादी)मा खुलेका संविधानसभा सदस्य हिराबहादुर केसी एमालेमै फर्किएपछि अरू नेताहरू पनि एमालेमै आउने कुरा भएको नेताहरूको भनाइ छ ।

२०७० को निर्वाचनमा प्यूठान क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्यमा चुनाव जितेका केसीले एमालेमै रहेको भन्दै विज्ञप्ति जारी गरेका छन् । नेकपा (एकीकृत समाजवादी) पार्टीले उनलाई केन्द्रीय अनुशासन आयोग सदस्यमा नियुक्त गरेको थियो ।
तर, केसीले सो पद अश्वीकार गर्दै एमालेमै फर्किएको विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

त्यस्तै, एमाले विभाजनपछि एकीकृत समाजबादीतिर लागेका शोभाराम भण्डारी, पार्टीका प्यूठान जिल्ला सचिव दीपेन्द्र केसी तथा जिल्ला सदस्यहरू तिलबहादुर घर्ती र धर्मराज भण्डारीपनि नेकपा एमालेमै फर्किएका छन् । यसअघि संविधान सभा सदस्य धनबहादुर रायमाझी समेत एमालेमै फर्किनएका थिए । सुरु देखि ती नेताहरु नेकपा (एकीकत समाजबादी)को बैठक तथा भेलाहरुमा सक्रिय हुँदै आएका थिए।

नेताहरूले धमाधम नेकपा एस छाडेपछि नेकपा (एकीकृत समाजबादी) प्यूठानको बैठक जुम्रीमा बसेको छ। बैठकले जिल्लामा पार्टी बलियो बन्दै गएको निचोड निकाल्दै संगठन बिस्तार अभियानलाई तिब्र बनाउने निर्णय गरेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *