गगन थापालाई सुदेश पराजुलीको चेतावनी: अहिले नै होक्काँ नगर्नू, सिङ भाँचिएला

काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले आगामी चुनावमा काँग्रेसले कसैसँग तालमेल नगर्ने अभिव्यक्ति दिएकोमा आलोचना गरेका छन् ।

अहिलेको सत्ता गठबन्धन कसैको बाध्यता नभएर पाँच दलीय समझदारीमा भएको भन्दै अध्यक्ष पराजुलीले गठबन्धनविरुद्ध अभिव्यक्ति नदिन सुझाएका छन् ।

थापाले सोमबार पनि कांग्रेस एक्लै चुनाव लड्ने र कुनै कम्युनिस्टलाई सिट नछाड्ने बताएका थिए । थापाले चितवनबाटै कांग्रेसले पाठ सिकेको भन्दै सत्ता गठबन्धन चुनावसम्म नजाने बताएका थिए ।

थापालाई जवाफ दिदै पराजुलीले भने, ‘गगन थापा जतिको युवा नेताले राम्रोसँग हेक्का राख्दा राम्रो र हितकर हुन्छ । तपाईं जत्तिको व्यक्तिले अहिले नै होक्काँ-होक्काँ गर्दा सिङ भाचिन सक्छ चेतना भयो ।’

अध्यक्ष पराजुलीले अहिलेको सरकार कांग्रेसको एकल नभएर गठबन्धनको सम्झौता तथा समझदारीभित्र तोकिएको पाँच दलका आपसी सहकार्यको उच्चतम रुप भएकाले सोही अनुसार बोल्न सुझाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *