एमालेको देशव्यापी वडा अधिवेशन सम्पन्न, ५ हजार भन्दा बढीमा सर्वसम्मत नेतृत्व

काठमाडौं । नेकपा एमालेको आज शुरु भएको देशव्यापी वडा अधिवेशन सम्पन्न भएको छ। थापाथलीस्थित केन्द्रीय कार्यालयबाट अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेपछि देशव्यापी रुपमा वडा अधिवेशन शुरु भएका थिए ।

६ हजार ७ सय ४३ वडामध्य बाढी पहिरोले प्रभावित र आन्तरिक विवाद मिलाउन बाँकी केही वडामा मात्रै अधिवेशन हुन बाँकी छ। अधिवेशन हुन बाँकी वडामा अधिवेशन चाँडै गर्न अध्यक्ष ओलीले निर्देशन दिएका थिए। सम्बन्धित पालिका कमिटीले वडा अधिवेशन सम्पन्न गर्ने छन्।

अधिवेशन सम्पन्न भएसँगै परिणाम आउन थालेका छन् । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले ५ हजार भन्दा बढी वडामा सर्वसम्मतरुपमा नेतृत्व चयन भएको विवरणहरु आएको नेपाल प्रेसलाई जानकारी दिए।

बाँकीमा पनि शान्तिपूर्ण रुपमा अधिवेशन सम्पन्न भएको उनको भनाइ छ। पालिका कमिटीका अधिवेशनहरु ९ गते हुने छन् । एमालेले मंसिर १०-१२ गते चितवनमा १० औं महाधिवेशन गर्दै छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *