रामचन्द्रको आक्रोस: ज्ञानेन्द्रले धम्क्याउन थाले, नेताहरु सुनेर बस्ने ?

धनगढी । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पूर्व राजाले धम्क्याउन थालेको बताएका छन् । कैलालीलको धनगढीमा शनिबार आयोजित एक कार्यक्रममा पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रमा पूर्वराजाले उपदेश दिनु राम्रो नभएको बताए।

‘आज राजाले धम्क्याउन थालीसके, उपदेश दिन थाल्यो ज्ञानेन्द्रले,’ आक्रोसित हुँदै उनले भने, ‘ज्ञानेन्द्रले उपदेश दिने हो आजको संघीय लोकतान्त्रिक गणतन्त्रमा ? यो सुनेर बस्ने हो आजका नेपालका नेताहरुले ?’

अर्को फरक प्रसंगमा समयमै महाधिवेशन गर्न नसक्दा नेपाली कांग्रेस असंवैधानिक बनेको बताए । सभापति शेरबहादुर देउवाले समयमै काम नगरेकाले यस्तो अवस्था आएको उनको आरोप छ। कांग्रेसमा आन्तरिक लोकतन्त्र विकासको खाँचो भएको उनको भनाइ छ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *