प्रचण्डको रिफ्रेसमेन्ट : सुकुटेमा बोटिङ, धुलिखेलमा जिपलाइन (तस्बिर/भिडिओ)

काठमाडौं । नेताहरूमाथि परिवारलाई समय नदिने, समान्य मान्छेले जस्तो घुमफिर गर्ने शैली नअगाल्नेजस्ता टीप्पणी हुने गरेका छन् ।

यो मामिलामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही फरक छन् । केन्द्रीय राजनीतिमा दैनिक व्यस्त हुने पात्र हुन् उनी । तर, पनि त्यो व्यस्ततालाई चिर्दै उनी घुमफिरमा रमिरहेका हुन्छन् ।

राजनीतिक प्रतिवेदन लेख्न एकान्त ठाउँ खोज्दै उनी रिसोर्ट जान्थे । सिन्धुपाल्चोकस्थित सुकुटेबीचमा पनि उनी गइरहन्छन् । सत्तारुढ गठबन्धन निर्माणमा निर्यायक भूमिका खेलेका प्रचण्ड पछिल्लो समय सरकार विस्तारदेखि आफ्नै पार्टी व्यवस्थापनमा निकै व्यस्त थिए ।

 त्यसबाट थोरै राहत पाएका उनले परिवारसहित रिफ्रेसमेन्ट लिएका छन् । घुमफिरमा सँगै रहेका माओवादी केन्द्रका नेता सरल सहयात्रीले श्रीमती सीता दाहाल, छोरी, ज्वाइँ नाति-नातिनीसहित विहीबार साँझ सुकुटे पुगेका थिए। त्यहाँ उनले सुनकोशी नदीमा बोटिङ गरेका थिए । पारिवारिक भ्रमणमा प्रचण्ड उन्मुक्त देखिन्थे ।

सुकुटेको एकरातको बसाइ सकेर प्रचण्डले शुक्रबार बिहान धुलिखेलस्थित जिपलाइनको अनुभव लिएका छन्। क्लासिक जिपलाइनको अनुभव लिएका प्रचण्डले साहसिक गतिविधिमा आफूलाई रुचि लाग्ने बताउँदै प्रचण्डले आफूले जिपलाइनको निक्कै मज्जा लिएको बताएका थिए ।

पारिवारिक घुमघाममा यस्ता गतिविधि गर्दा अझै रमाइलो भएको प्रचण्डको भनाइ छ । विरामी श्रीमतिको स्वाथ्यमा सुधार हुने आसाले पनि उनले बेला-बेला यस्ता पारिवारिक भ्रमण गर्ने गरेका छन् ।

हेर्नुहोस् उनको ‘रिफ्रेसन्मेन्ट’का केही तस्बिर र भिडिओ :

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *