काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २१४ जना नयाँ संक्रमित थपिएका छन् ।
जसमा काठमाडौंमा १४७, भक्तपुरमा १६ र ललितपुरमा ५१ जना छन् ।
यस्तै उपत्यकामा सक्रिय संक्रमितको संख्या २४ सय ८५ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म उपत्यकामा मात्र ३ हजार २९१ जनाको मृत्यु भइसकेको छ ।
काठमाडौं, भक्तपुर, ललितपुर र कास्कीमा ५०० भन्दा बढी संक्रमित छन् भने १४ जिल्लामा २०० भन्दा वढी संक्रमित छन् ।
मुस्ताङ र मुगुमा शून्य संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ ।

Leave a Reply