१० बुँदेको बाजा नबजाऊ : ओली, सहमति एकतारे नभइ ११ तारे बिगुल : रावल

काठमाडौं । नेकपा (एमाले) भित्रको विवाद समाधनका लागि गरिएको १० बुँदे सहमतिबारे नेताहरूबीच विवाद सुरू भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई पार्टीमै राख्ने सन्दर्भमा १० बुँदे गरिएको भए पनि अहिले त्यो असान्दर्भिक भइसकेको भन्दै त्यसको एकतर्फी बाजा नबजाउन आग्रह गरेका छन् ।

बुधबार एमाले वागमती प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले अब १० बुँदेको ट्यान्ड्याङ धैरै नबजाउन भनेका थिए । ओलीकै शैलीमा उपाध्यक्ष भीम रावलले पनि जवाफ फर्काएका छन् ।

उनले १० बुँदे सहमति ‘एकतारे’ नभइ पार्टी एकता बचाउन बजाइएको ११ तारे विगुल भएको बताएका छन् । ट्वीटरमार्फत ओलीलाई जवाफ फर्काएका रावलले स्वास्थ्यका लागि ठण्डा दिमागले सुन्नु स्वास्थ्यका लागि लाभदायक भनेका छन् ।

ओलीले के भनेका थिए ?

हिजो कताको के-को यो १० बुँदे केजाति केजाति यो एकतारे बजाएर .. गोविन्द दश बुँदे, दश बुँदे, दश बुँदे यो पनि धेरै गरिरहनु आवश्यक छैन ।

एकठाउँ मिलेर एकताबद्ध भएर अगाडि बढौं न खुरूक्क। अब कति बजाउने १० बुँदे ट्यान्ड्याङ, ट्यान्ड्याङ, ट्यान्ड्याङ, माधव आउँछ कि पार्टी फुटाउँदैन कि भनेर १० बुँदे गरियाथ्यो।

रावलको जवाफ

१० बुँदे सहमति ‘एकतारे’ होइन पार्टी एकता बचाएर देशहितको लागि बजाइएको ११ तारे बिगुल हो । यसको धुन संस्थागत भइसकेको छ । सबैले ठण्डा दिमागले सुन्नु स्वास्थ्यका लागि लाभदायक छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *