देशभर होटल खोल्दै सिद्धार्थ हस्पिटालिटी, कपिलवस्तुबाट सेवा सुरू

काठमाडौं । सिद्धार्थ हस्पिटालिटीले कपिलवस्तुस्थित लुम्बिनी ग्रीन रिर्सोटसँग व्यवसायिक साझेदारी गरेको छ । कपिलवस्तुको चन्रौटा बजार क्षेत्रमा खोलिएको उक्त रिर्सोट तीन विगाहा क्षेत्रफलमा ५० करोड लगानीमा निर्माण गरिएको हो ।

रिर्सोटमा ३६ वटा सुविधायुक्त कोठा, तालिम र पार्टीका लागि ३ वटा फरक-फरक क्षमता भएका हल, पारिवारिक वातावरण भएको रेष्टुरेन्ट, बार, फुड कोर्ट, जिम, स्पा, सोना, प्राइभेट डाइनिङ हल, वाटर पार्क, बाल उद्यान, स्वमिङ पुल पर्याप्त पार्किङ छ ।

माछाका परिकार, लोकल कुखुराका परिकार, खसी बोकाका परिकार, हाँसका परिकारलगायतका स्वाद लिन पाइने छ । पश्चिम नेपालका प्रमुख पर्यटकीय क्षेत्र र लुम्बिनीदेखि भारतको गोरखपुरका भारतीय पर्यटकलाई नेपाल भ्रमणका लागि उपयुक्त रहेको रिसोर्टका अध्यक्ष लक्ष्मण भण्डारीले बताए ।

नेपालमै हस्पिटालिटी क्षेत्रमा चर्चा कमाएको सिद्धार्थ हस्पिटालिटीले नेपालको विभिन्न ठाउँमा आफ्नो सेवा विस्तार गरेको छ । होटल, रेष्टुरेन्ट, रिर्सोट, बेकरी, क्याफे, होटल म्यानेजमेन्ट इष्टिच्यूट, जस्ता हस्पिटालिटी क्षेत्रका व्यवसाय सञ्चालन गर्दै आएको छ । सिद्धार्थ ग्रुपले हस्पिटालिटी क्षेत्रका व्यवसायहरुको नेटवर्क बनाएर कैलालीको टीकापुर, कर्णाली चिसापानी, महेन्द्रनगर, नेपालगन्ज, सुर्खेत, बुटवल, चितवनको चुम्लिङटार, काठमाडौंको बौद्ध, बानेश्वर, धोबीघाट, तीनकुने, सुन्धारा, झापाको विर्तामोड, लगायतका स्थानहरुमा २४ वटा शाखा मार्फत गुणस्तरीय हस्पिटालिटी सेवा प्रदान गर्दै आएको छ ।

ग्रुपले देशका अन्य प्रमुख सहरमा पनि व्यवसाय विस्तार गर्ने तयारी गरिरहेको जनाएको छ । सिद्धार्थ हस्पिटालिटीले ‘हृदयदेखि आतिथ्य सत्कार’ भनने मूल मन्त्रलाई आत्मसात् गर्दै छिट्टै विदेशमा समेत विस्तार गर्ने तयारी रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *