तासखालमा मस्त सर्लाहीका सीडीओ र सुरक्षा प्रमुख

काठमाडौं । जुवातास खेल्नु कानूनद्वारा बर्जित छ । जुवा ऐन २०२० र मुलुकी अपराध संहिता २०७५ ले जुवातास खेल्ने र खेलाउनेलाई कैद तथा जरिवाना तोकेको छ ।

तर, नियामक निकायका अधिकारी नै तासमा मग्न भएपछि कानून कार्यान्वयनको आशा कसरी गर्ने भनेर प्रश्न उठ्न थालेको छ । पछिल्लो उदाहरणको रूपमा सर्लाहीका सीडीओ र सुरक्षा प्रमुखहरू तास खेलिरहेको भिडिओ सार्वजनिक भएको छ ।

आफ्नो पदीय दायित्वलाई बेवास्ता गर्दै सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामकुमार महतो, प्रहरी प्रमुख एसपी सन्तोष सिंह राठौर तथा सशस्त्र प्रहरी प्रमुख गंगाराम श्रेष्ठलगायत उच्च अधिकारी सार्वजनिकस्थलमै तास खेलिरहेको भिडिओ सार्वजनिक भएको हो ।

जिल्लाको प्रमुख निकायमा रहेर शान्ति सुरक्षा तथा कानुन कार्यान्वयनको जिम्मेवारी लिएका सीडीओ, एसपीद्वय तासमा तल्लिन भिडियो समाजिक सञ्जालमा सार्वजानिक भएपछि टिकाटिप्पणी बढको छ ।

दसैँको माहोलमा सार्वजनिक चौरमा उनीहरूले तास खेलेका हुन् । यसविषयमा सीडीओ र एसपी राठौरलाई सम्पर्क गर्न खोज्दा सम्पर्कमा आउन चाहेनन् ।

Comments

One response to “तासखालमा मस्त सर्लाहीका सीडीओ र सुरक्षा प्रमुख”

  1. गिरिधारी Avatar
    गिरिधारी

    १ . श्रीमानबाट म्यारिजलाई जुवा होइन भन्ने नजिर बक्स भएको छ क्यारे !
    २ . कुनैपनि ब्यक्तिको सार्वजनिक जीवनका अतिरिक्त व्यक्तिगत जीवन पनि हुन्छ होला ! कुनै सन्दर्भमा गरिएका काम कुरालाई समाचारको बिषय नबनाए पनि हुने हो कि ? यो भन्दा त जनताको सेवामा कहाँ कहाँ चुके ? भन्ने तथ्य / समाचार भए राम्रो !

Leave a Reply

Your email address will not be published. Required fields are marked *