नेपालमा भोकमरीको अवस्थामा वृद्धि : ग्लोबल हङ्गरको सूचीमा नेपाल ७६ औं स्थानमा

काठमाडौं । नेपालमा भोकमरीको अवस्था औषत रहेको एक विश्वव्यापी अध्ययनले देखाएको छ । ग्लोबल हङ्गर इन्डेक्स २०२१ को सूचीमा नेपाल १९.१ अंकसहित ७६ औं स्थानमा छ ।

उक्त अध्ययनले पछिल्लो वर्षहरुमा नेपालमा भोकमरीको अवस्थामा वृद्धि हुँदै गएको पनि देखाएको छ ।

कूल ११६ मुलुकमा गरिएको अध्ययनमा नेपाल दक्षिण एसियामा श्रीलंका र बंगलादेशपछिको तेस्रो स्थानमा छ । भारत दक्षिण एसियामै पाकिस्तानभन्दा पनि पुछारमा छ ।

सूचीको पुछारमा सोमालिया रहेको छ जहाँको भोकमरीको अवस्था निकै उच्च छ । उक्त अध्ययनका अनुसार नेपालमा खाद्य संकटको कारण हुने भोकमरीको अवस्था नाजुक बन्दै गएको पनि देखिएको छ ।

 

Comments

One response to “नेपालमा भोकमरीको अवस्थामा वृद्धि : ग्लोबल हङ्गरको सूचीमा नेपाल ७६ औं स्थानमा”

  1. Shankar Prasad Bhattarai Avatar
    Shankar Prasad Bhattarai

    GHI को रिपोर्टमा त ७३ औं स्थानमा छ । अनि १०७ वटा देशको तुलना गरिएको छ त ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *