कैलाली । माछा मार्न कर्णाली नदीमा गएका तीन जनालाई तीनदिन पछि सकुशल उद्धार गरिएको छ ।
कैलाली लम्कीचुहा नगरपालिका -३ ढुङ्गे बजारका ६१ वर्षीय खडक बहादुर घर्ति मगर, ३५ वर्षीय बिक्रम घर्ती मगर र २६ वर्षीय खडक डाला मगरलाई प्रहरीले सकुशल उद्धार गरेको हो ।
माछा मार्न कर्णाली नदीमा आएको बाढीले माछा मार्न गएका उनीहरु सम्पर्क विहिन भएका थिए । जानकी गाउँपालिका ९ र बर्दिया जिल्लाको बीचमा पर्ने कर्णाली नदिको लालमटिया टापुमा तिनै जनालाई फेला पारी उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

Leave a Reply