ब्याजदर बढाउने बैंकमाथि नेपाल राष्ट्र बैंकको हस्तक्षेप

काठमाडौ । कार्तिक महिनाका लागि बैंक तथा बित्तीय सस्थाले साधारण तथा मुद्दतीमा जथाभावी ब्याजदर बढाएपछि नेपाल राष्ट्र बैंकले त्यसमा हस्तक्षेप गरेको छ।

नेपाल राष्ट्र बैकले एकीकृत निर्देशन २०७७ संशोधन गर्दै ब्याजदर एक पटकमा बढाउन पाउने ब्याजदरको सिमा तोकेको छ ।

बैंक बित्तीय सस्थाले अब १ पटकमा १० प्रतिशत भन्दा बढी ब्याजदर बढाउन नपाउने भएका छन् । कार्तिक महिनाका लागि बढाइएको ब्याजदर कार्तिक ३ गते भित्र नयाँ ब्यवस्थानुसार परिवर्तन गरी नयाँ ब्याजदर सार्वजनिक गर्ने राष्ट्र बैंकले निर्देशन दिएको छ ।

यसैगरी सस्थागत मुद्द्ती निक्षेप (बोलकबोल ) मा प्रदान गरिने अधिकत ब्याजदर सर्वसाधारणलाई प्रदान गरिने ब्याजदर भन्दा १ प्रतिशतले कम हुनुपर्ने ब्यवस्था गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *