सुर्खेत । कर्णाली प्रदेशको राजधानीमा अन्य जिल्लाबाट फर्किनेहरुको लर्को लाग्न थालेको छ । विद्यार्थीदेखि कर्मचारी, नेताहरू सुर्खेत फर्किन थालेका छन् । योसँगै कर्णालीको राजधानीमा चहलपहल सुरु भएको छ । दसैंको अवधिमा सुर्खेत उपत्यका सुनसान बनेको थियो ।
‘यसपालिको दसैं गाउँमा मनाएर आइयो । अब त विद्यालय पनि सुरु भएका कारण हामी फर्केका हौं’ सुर्खेत होराइजन ऐकेडेमीमा अध्ययनरत दैलेखका कमल रिजाल भन्छन्, ‘गतवर्ष कोरोना महामारीका कारण दसैं मनाउन पाइएको थिएन । यसपालि रमाइलो भयो ।’

Leave a Reply